site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपालाई गोकुल बास्कोटाको कटाक्ष– च्याँखे दाउको राजनीति सकिने पीडा नपोख्नोस्

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले नेपाली कांग्रेस र आफ्नो पार्टी मिलेर नयाँ सरकार बनाएपछि साना दलमा ‘च्याँखे दाउको राजनीति’ सकिने चिन्ता बढेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले ०८४ सालमा बहुमत ल्याएर सरकार बनाउने तयारीमा एमाले लागेको उल्लेख गरे । उनले दुईपटक सत्तामा गएको दल कसरी नयाँ हुन्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य पनि गरे । 

“थोरै सिटको च्याँखे दाउको राजनीति यो सकियो, अब खाल उठ्ने भयो, टाट उल्टिने भयो भन्ने पीडा नराख्नुहोस्, ८४ आउँदै छ । कत्रो हैरानी ! ८४ मा तरक्की गर्नु न‚ लोकतन्त्र यही हो‚” उनले भने ।

उनले दिनहुँ कचकच र आरोप–प्रत्यारोप कहिलेसम्म गर्ने ? भन्दै थप प्रश्न गरे । हिजोको पीडा बोकेर नहिँड्न भन्दै उनले आफ्नो सामर्थ्यानुसार राजनीति गर्न आग्रह गरे । 

उनले संविधान संशोधनले के फरक पार्छ ? भन्ने प्रश्न पनि गरे । त्यसले समावेशी व्यवस्था सिध्याउँछ भन्ने भाष्य गलत भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro