site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारमन्त्री गुरुङले गरे ‘अग्निदहन’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अग्निदहन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फर्स्टलुक सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा मन्त्री गुरुङले ‘बोक्सी’को अन्धविश्वासविरुद्ध चलचित्र निर्माण गरिनु राम्रो काम भएको बताए । “बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरूमाथि कुटपिट भएको छ । उनीहरूले आत्महत्या गरेका छन्,” उनले भने, “नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो चलचित्र सफल हुन्छ भन्नेमा आशावादी छु ।” 

चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा जकेडिएर रहेको डरलाग्दो विषयलाई उठान गरिएको बताए । चलचित्रमा थ्रिल र सस्पेन्स रहेको बताए । चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउने बताए । 

यो चलचित्र साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर बनेको छ । 

मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापि रूपमा अभियानको रूपमा अगाडि बढाउन चलचित्र निर्माण गरिएको निर्देशक लामिछानेले बताए । 

चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले चलचित्रलाई तराईका जिल्लामा प्रदर्शन गराउन मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार चलचित्र अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । 

वितरक अशोक शर्माले सामाजिक सन्देश भएका यस्ता चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको बताए । 

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन छ । 

यो चलचित्रलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेरिसकेका छन् । चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

चलचित्र मंसिर ७ गते रिलिज हुँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro