site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटीमा आफ्नो भविष्यबारे आल्भारेज भन्छन्– ओलम्पिकपछि निर्णय लिनेछु

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड हुलियन आल्भारेजले पेरिस ओलम्पिक–२०२४ पछि आफ्नो क्लब भविष्यबारे निर्णय लिने बताएका छन् ।

ओलम्पिक फुटबलमा अर्जेन्टिनी टिमको फरवार्ड लाइनमा रहेका आल्भारेज आज युक्रेनविरुद्ध मैदानमा उत्रँदै छन् । सन् २०२३ मार्चमा आल्भारेजसँग सिटीले २०२८ सम्म रहने गरी सम्झौता नवीकरण गरेको थियो ।

“यसमा धेरै कुरा भइरहेको छ, तर म यहाँ केन्द्रित छु । किनकि, यो सानो समयको प्रतियोगिताको हो । मैले म्यानचेस्टर सिटीमा सहज महसुस गरिरहेको छु, खेल्ने समय पाएको छु । तर, हामी यसबारे निर्णय ओलम्पिक खेलपछि गर्नेछौँ,” आल्भारेजले भने ।

ओलम्पिकको समूह ‘सी’मा रहेको अर्जेन्टिनाले दुई खेल खेल्दा समान एक/एक जितहार आत्मसात् गरेको छ । नकआउट चरणमा प्रवेश गर्न अर्जेन्टिना जितको दबाबमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro