site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीडीओ कार्यालयले नै तिरेन खानेपानीको महसुल 

वीरगन्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ पुगेको छ ।

सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । 

Dabur Nepal
NIC Asia

बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम तीन करोड ९८ लाख ९७ हजार ७४८ रहेको छ । निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम आठ करोड ३४ लाख ५९ हजार ६७० रुपैयाँ रकम बक्यौता कायमै छ ।

कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौंदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । 

“सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोडभन्दा बढी छ”, उनले भने, “निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि चार करोड हाराहारीमा छ ।”

कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता एक करोड ८४ लाख ७८ हजार ९७० छ । वीरगन्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता एक करोडभन्दा बढी छ ।  ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार ४१७ छ । 

जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार ४४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुल तीन महिनाभित्र भुक्तानी नगरे ५० प्रतिशत जरिबाना लाग्ने प्रावधान रहेको बताए । 

कार्यालयका अनुसार आव २०८०/०८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार १३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro