site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु
SkywellSkywell

पाकिस्तान । उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बीचको भूमि विवादको द्वन्द्वमा कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।  

पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् । 

KFC Island Ad
NIC Asia

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिए ।

आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सिमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरहेको जनाएका छन् । 

Royal Enfield Island Ad

सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए । 

स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४२ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् । पाकिस्तानको मानवअधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पु¥याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।

पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच गहिरो असमानजस्यता कायम रहेको छ ।  कुर्रम पूर्वआदिवासी क्षेत्रको हिस्सा हो, जुन सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाबिएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro