site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरा बस दुर्घटना : छानबिन गर्न समिति गठन

पोखरा । पोखरा महानगरपालिका–२१ स्थित रामदीमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । सोमबार बिहान भएको दुर्घटनामा पोखरा–२१ का ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको थियो । उनीहरूको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । 

उक्त दुर्घटना छानबिन गर्न महानगरका शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, नगरप्रहरी पुरुषोत्तम थापा, मेडिकल इन्जिनियर सरोज चालिसेलाई सदस्य तोकेको छ । रामप्रसाद तिवारी सदस्य–सचिव रहेका छन् ।

यो समितिलाई सात दिनभित्र दुर्घटना हुनुको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी संख्या, राख्न पाउने संख्या लगायतका विषयमा अध्ययन गर्न भनिएको छ । आगामी दिनमा यस्ता प्रकृतिका दुर्घटना न्यूनीकरण गर्न सुझाव समेत बुझाउन भनिएको छ । महानगरका मेयर धनराज आचार्यको निर्देशनअनुसार समिति गठन गरिएको हो ।

बसका चालक, कार्यालय सहयोगी, शिक्षक, अभिभावक तथा विद्यार्थीसहित बसमा ३० जना सवार थिए । घाइतेको अवस्था बुझ्न गएका मेयर आचार्यलाई विद्यार्थीहरूले बसको गति तीव्र रहेको बताएका थिए ।

पोखरा–१७, विरौटामा रहेको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस घटनास्थलबाट झन्डै ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro