site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बाँध भत्किएर क्षति भएकामा दोषी ठहर गर्दै सरकारी अधिकारीलाई २७ वर्षसम्मको जेल
Argakhachi Cement Island Ad

त्रिपोली । लिबियाको अदालतले बाँध भत्किएर ठूलो जनधनको क्षतिमा लापरवाही गरिएको भन्दै त्यहाँका १२ सरकारी अधिकारीलाई नौदेखि २७ वर्षसम्मको जेल सजाय सुनाएको छ । लिबियाको दर्ना सहरमा गएको सेप्टेम्बरमा बाँध भत्कँदा आएको बाढीका कारण चार हजार मानिसको मृत्यु भएको थियो ।

कारबाहीमा परेका सरकारी अधिकारी जलस्रोत व्यवस्थापन र बाँधको मर्मतसम्भारसम्बन्धी हुन् । उनीहरूमाथि लापरवाही, पूर्वनियोजित हत्या र सार्वजनिक कोषको दुरुपयोगको अभियोग लगाइएको रोयटर्सले जनाएको छ ।

तीमध्ये तीनजनालाई अवैध रूपमा कमाएको रकम फिर्ता गर्न समेत आदेश दिइएको छ । अरू चारजनालाई भने निर्दोष ठहर गरिएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्