site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग क्षेत्रमा स्वदेशी लगानी घट्यो, ६१.७८ अर्ब वैदेशिक लगानी प्रस्ताव

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको उद्योग क्षेत्रमा दुई खर्ब एक अर्ब ८१ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा उक्त लगानी प्रस्ताव आएको हो । 

पछिल्लो महिना असारमा मात्र उद्योग क्षेत्रमा ११.२२ अर्ब रुपैयाँको प्रस्ताव आएको विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

विभागको विवरणअनुसार २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा दर्ता भएका ४३४ उद्योगमा उक्त लगानीको प्रस्ताव आएको हो । 

गत आर्थिक वर्ष दर्ता भएका उद्योगमा ३३३ वटा साना, ५२ वटा मझौला र ४९ वटा ठूला रहेका छन् । ती उद्योगमा २५ हजार ५५१ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ । 

बितेको एक वर्षमा नेपालको उद्योगमा ६१.७८ अर्ब रुपैयाँको विदेशी लगानी प्रस्ताव आएको विभागको तथ्यांकले देखाउँछ । विदेशी लगानीको प्रस्ताव भएका परियोजनामा १९ हजार ५६५ रोजगारी सिर्जना हुने जनाइएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका ३२२ उद्योगमा दुई खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो । ती उद्योगमा ३८ अर्ब ४० करोड रुपैयाँको विदेशी लगानीको प्रस्ताव रहेको थियो । 

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा उद्योग क्षेत्रमा १३ अर्ब रुपैयाँ कम लगानी प्रस्ताव आएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष भने उद्योग क्षेत्रमा वैदेशिक लगानीको प्रस्ताव बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योग क्षेत्रमा २३ अर्ब ३८ करोड रुपैयाँ बढी लगानीको प्रस्ताव आएको विभागको तथ्यांकले देखाउँछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro