site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भेनेजुएलामा राष्ट्रपति निर्वाचन सम्पन्न, मादुरोलाई खतरा

भेनेजुएला । भेनेजुएलाका जनता त्यहाँ सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणाम पर्खिरहेका छन् । सोसलिस्ट पीएसयूभी पार्टीका तर्फबाट राष्ट्रपति निकोलास मादुरो यसपालि पनि तेस्रोपटक चुनाव लडिरहेका छन् ।

उनी सन् २०१३ देखि लगातार उक्त पदमा छन् । यसपालि भने पूर्वकूटनीतिज्ञ इडमुन्डो गोन्जालेजले उनलाई कडा चुनौती दिइरहेका छन् । उनलाई विपक्षी पार्टीको गठबन्धनले समर्थन गरेको छ ।

विपक्षी समूहले गणनाको निर्णायक समयमा पोल स्टेसनमा सतर्क भएर बस्न आग्रह गरेको छ । किनकि, मादुरोको पार्टीले धाँधली गर्ने सम्भावना हुनसक्छ ।

ओपिनियन पोलहरूले पूर्वकूटनीतिज्ञ गोन्जालेजलाई यसपटक फराकिलो अग्रतामा देखाएको छ । भेनेजुएलाका जनताले यसपालि परिवर्तन खोजेको पाइएको छ ।

मादुरोको शासनकालमा त्यहाँको अर्थतन्त्र धराशायी बन्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी) ७० प्रतिशत संकुचित भएको थियो । ७.७ मिलियन (७७ लाख) मानिस राम्रो जीवनको खोजीमा बाहिरिएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro