site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोपी मैनालीको कथाकृति ‘विशृङ्खलित सपना’ लोकार्पित

काठमाडौं । कथाकार गोपी मैनालीको कथासंग्रह ‘विशृंखलित सपना’ सार्वजनिक गरिएको छ । कवि वैरागी काइँलाले एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्राज्ञ काइँलाले समालोचक एवम् निबन्धकारबाट स्तरीय कथा नेपाली वाङ्मयमा प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।

प्रा. डा. लेखप्रसाद निरौलाले सार्वजनिक कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । शब्द, संरचना, प्रस्तुुति र कथावस्तुका आधारमा मैनालीका कथा निकै उच्चकोटीका रहेको उनले बताए ।

लेखिका अनिता कोइरालाले समीक्षा गर्दै कथा मानवीय संवेदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, वात्सल्यका आधारमा निकै उच्च रहेको बताइन् ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले इमानदारिता र सदाचारिताका उदाहरणीय पूर्वप्रशासककाट राम्रा कथा सिर्जना भएको भन्दै बधाई दिए ।

कथाकार विजय चालिसेले आफू मैनालीका सबै विधाको पाठक भएको बताए । उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति पाएको उनले उल्लेख गरे ।

प्राज्ञ दिनेशराज पन्तले मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पारे ।

कार्यक्रममा कथाकार मैनाली, नायक सरोज खनाल, वेदमणि घिमिरे, राधेश्याम लेकाली, राजेन्द्र केसीलगायत साहित्यकारले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro