site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हवाई दुर्घटनाबारे सरोकारवाला निकायको भूमिकामाथि प्रश्नैप्रश्न
SkywellSkywell

काठमाडौं । सांसदहरूले हवाई दुर्घटनाका विषयमा सरोकारवाला निकायप्रति प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले हवाई दुर्घटनाका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण‚ सरकार र हवाई यातायात सेवाप्रदायक कम्पनीको भूमिकामाथि प्रश्न गरेका हुन् । उनीहरूले प्राथमिकताका साथ यो विषय उठान गरे ।

सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नागरिक उड्डयन प्राधिकरणको औचित्यमाथि प्रश्न गरे । ०७७ सालमा राष्ट्रियसभामा दर्ता गरिएको नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा विधेयक कहाँ थन्किएको छ ? भन्दै उनले प्रश्न गरे ।

“क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) के गरेर बसेको छ ? हवाई दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ? राष्ट्रियसभामा गएको विधेयक कहाँ थन्किएर बसेको छ ? तत्काल विधेयक प्रतिनिधिसभामा ल्याइयोस्‚” उनले भने ।

Dabur Nepal
NIC Asia

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङदेनले सौर्य एयरलाइन्सले ‘सी चेक’ गर्न पोखरा लैजानुपर्ने, काठमाडौंमा हुन नसक्ने कारण के हो ? भन्दै प्रश्न गरे । उनले यसतर्फ नियामक निकायको ध्यान जान जरुरी रहेकामा जोड दिए ।

“त्यति धेरै संख्यामा कर्मचारी जान र गैरप्राविधिक जानुपर्ने, को–को जाँदै छन् भनेर हेर्नुपर्दथ्यो कि थिएन ? असम्बन्धित मानिसहरू किन गए ? नियामक निकायको लापरवाही देखिन्छ‚” उनले भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्र राय यादवले नेपालको आकाश असुरक्षित भएको उल्लेख गरे । आकाश सुरक्षित गर्न सरकारले के–के काम गरेको छ‚ कसरी सुरक्षित हुन्छ सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले सौर्य एयलाइन्सको दुर्घटनामा गम्भीर भएर गहन विश्लेषण गर्नुपर्ने बताए । “उड्डयन प्राधिकरणले जिम्मेवारी पूरा गरेको छैन । विमान कम्पनीले पनि चरम लापरवाही गरेको छ‚” उनले भने‚ “घरमा सात दिन साइकल राख्दा त चेक गरेर मान्छेले चलाउँछ भने महिनौँ ग्राउन्डेड भएको विमान चेक नगरी कसरी उडाएको ?”

उनले ‘ह्यांगर’ खाली हुँदाहुँदै किन पोखरा लैजान खोजिएको ? भन्दै यही कारणले १८ जनाले ज्यान गुमाएको बताए । उनले ‘ग्राउन्डेड’ विमान कुदाएर लैजान नसकिने भन्दै किन चेक नगरी, क्यानको अनुमति नलिई विमान उडाइयो ? भन्ने प्रश्न गरे । उनले परम्परागत रूपमा आयोग बनाइएको भन्दै पाइलट बाँचेको अवस्थामा प्राविधिक त्रुटि भनेर उन्मुक्ति दिन नमिल्ने र दोषीलाइ कडा कारबाही गर्न माग गरे ।

यस्तै, सांसद राजेन्द्र बजगाईंले सौर्य एयरलाइन्सको विमान र त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गरे । त्यस्तो अवस्था आउन नदिन सरकारलाई ‘रुलिङ’ गर्न उनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराए ।

“नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सम्माननीय सभामुखज्यूले यस विषयमा रुलिङ नै गर्नुपर्छ । हुन त बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ । हामीले आधा झन्डा झुकायौँ सवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर, ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ‚” उनले भने ।

नेकपा (एमाले)की सचेतक सुनीता बरालले हवाई र सवारी दुर्घटना हुन नदिन सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताइन् । उनले हवाई दुर्घटना हुन नदिन नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिइन् ।

“हवाई दुर्घटना र सडक दुर्घटनाका बारेमा विशेष ध्यानाकर्षण हुन जरुरी छ । सरकारले विशेष ध्यान दिन जरुरी छ । आज यात्रालाई मृत्युको गन्तव्य हो कि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ, यो असाध्यै दुःखद पक्ष छ । हवाईमार्गबाट दुई मिनेट पनि उड्न नपाउँदै भएको दुर्घटनाले हामीलाई विक्षिप्त मात्रै बनाएको छैन, ठूलो क्षति व्यहोर्नुपरेको छ‚” उनले भनिन्‚ “त्यसकारण यो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई यो विषयमा विशेष ध्यानाकर्षण गराउन, यो निकायसँग सम्बन्धित व्यक्तिहरूलाई खबरदारी गर्न, नियमन र अनुगमनलाई विशेष प्रभावकारी बनाउनका लागि नीतिगत रूपमा नै विशेष ध्यानाकर्षण गराउन जरुरी छ भन्ने कुराको अनुभूति भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu