site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ड्रोन घटनामा क्यानडाका प्रशिक्षकलाई प्रतिबन्ध, अंक खोसियो

काठमाडौं । विपक्षी टिमको प्रशिक्षणका दौरान ड्रोन उडाएको घटनामा फिफाले क्यानडा फुटबल संघमाथि कारबाही गरेको छ । फिफाले शनिबार यो घटनामा दोषी ठहर्‍याउँदै क्यानडा फुटबल एसोसिएसनलाई एक लाख ७५ हजार ७२० पाउन्ड जरिवाना र प्रशिक्षक बेभ प्रिस्टमानमाथि एक वर्षको प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरेको हो ।

फिफाले क्यानडा फुटबलका अफिसियल जोसेफ लोबर्डी र जास्मिन मान्डेरलाई पनि एक वर्ष निलम्बन गर्ने निर्णय गरेको छ । फिफाले ओलम्पिकअन्तर्गत महिला फुटबलमा साविक स्वर्णपदक विजेता क्यानडाको ६ अंक घटाउने निर्णय समेत गरेको छ ।

जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको क्यानडाले एक खेलबाट तीन अंक जोडेको छ । क्यानडाले पहिलो खेलमा न्युजिल्यान्डलाई हराएको थियो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्यानडाले ड्रोन उडाएर ‘नियम’को उल्लंघन गरेको जनाएको छ । “प्रत्येक अफिसियल यो नियमविपरीत कार्यमा जिम्मेवार पाइएको छ र उनीहरूले अनुशासित खेलको नियम उल्लंघन गरेका छन्,” फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको सोमबार ओलम्पिकको पहिलो खेलअघि न्युजिल्यान्ड महिला टिमले प्रशिक्षण गरिरहेका बेला क्यानडा महिला टिमका अधिकारीले उक्त क्षेत्रमा ड्रोन उठाएका थिए । यो घटनापछि इंग्ल्यान्डमा जन्मिएकी ३८ वर्षीया प्रिस्टमनले न्युजिल्यान्डविरुद्ध खेल्नुअघि आफ्नो नाम फिर्ता लिएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro