site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटलाई बन्द

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०२.६८ अंकले बढेर २० मिनेटका लागि बन्द भएको छ । 

बजार खुलेको एक मिनेटमा नै बजार ३.९९ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । 

उक्त अवधिमा २०६ कम्पनीको सेयर मूल्य बढेको छ । एक मिनेट अवधिमा २७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिएको हो ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro