site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातै प्रदेशका १४ कवि एपेक काव्यमहोत्सवमा 

काठमाडौं । एपेक नेपालले ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ सम्पन्न गरेको छ । यो काव्यमहोत्सवमा सात प्रदेशका १४ कविको सहभागिता रह्यो ।

शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा काव्यमहोत्सव २०८१ आयोजना गरिएको हो । कवि तुलसी दिवसले ‘तुँवालो’ शीर्षकको कवितावाचन गर्दै महोत्सवको उद्घाटन गरेका थिए ।

उनले एपेक नेपालको कामको प्रशंसा गर्दै चुचुरामा पुग्न विस्तारै अगाडि बढ्नुपर्ने बताए । साहित्यिक कर्ममा एपेकले विस्तारै चुचुराको बाटो समाएको उनले उल्लेख गरे ।

एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठ काव्यमहोत्सवमा समकालीन नेपाली कविताको आवाज प्रस्तुत भएको बताए ।

काव्यमहोत्सवमा कोसी प्रदेशका लीला अनमोल र रोशन परियार, मधेस प्रदेशका अविनाश भट्टराई र रेणुका जिसी, वाग्मती प्रदेशका यश लामा र अदीप अधिकारी, गण्डकी प्रदेशका रोशन पुन र अमृत, लुम्बिनी प्रदेशका भूमिका थारु र बीपी अस्तु, कर्णाली प्रदेशका हेमप्रकाश मन्जिल र अस्मिता वादी तथा सुदूरपश्चिम प्रदेशका देवव्रत र कल्पना जोशीले आआफ्ना कवितावाचन गरेका थिए ।

काव्यमहोत्सवमा नेपाली कविता र साहित्य क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro