site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल
फाइल तस्बिर ।

काठमाडौं । सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आउँदो कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक शनिबार पनि बस्यो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको स्थिति र नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल गरिएको थियो ।

१६ देखि २५ वर्षको जनसंख्या झन्डै ६१ लाखलाई 'जनयुद्ध', गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रमा राखेर संगठन निर्माण र जनपरिचालन गर्ने विषयमा बैठकमा छलफल गरियो । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, शनिबार बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए ।

उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, संगठन र जनपरिचालनलगायत विषयमा आफ्नो धारणा राखेका थिए । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रमा राखेर संगठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिएका थिए ।

पदाधिकारीको पछि पार्टीको स्थायी कमिटी बस्ने र लगत्तै केन्द्रीय कमिटीको बैठक समेत तय गरेर आउँदो दिनका कार्यक्रम निर्धारण गरिने प्रवक्ता सापकोटाको भनाइ छ । 

शुक्रबारदेखि माओवादी केन्द्रको पदाधिकारीको बैठक सुरु भएको हो । पदाधिकारीमा रहेका ६ नेताले शुक्रबार आफ्नो धारणा राखेका थिए । बैठक आइतबार पुनः बस्ने बताइएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro