site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति मान्दैनौँ : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति मान्य नहुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दुई ठूला पार्टीले सत्तास्वार्थका निम्ति गरिएको कुनै पनि सहमति सैह्य नहुने उनले चेतावनी दिए । समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको सुनिएको उनले उल्लेख गरे । त्यो सही भए आफूहरूले मेचीदेखि महाकालीबाट ‘संग्राम’ सुरु गर्ने उनले बताए ।

खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलले खेलाँचीको विषय बनाउन नहुनेमा जोड दिए । कांग्रेस–एमालेले हस्ताक्षरसहितको सातबुँदे सहमति प्रस्तुत नगरेर संसद्लाई समेत ढाँटेको उनले जिकिर गरे ।

कार्यक्रममा झलनाथ खनालको भनाइ पढ्नोस्–
अहिलेसम्म यी दुईवटा पार्टीले गरेको तथाकथित सहमति खै कहाँ आयो त यो ? संसद्‌मा पनि ढाँटिएको छ, हेर्नुस् । संसद्‌भित्र त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रस्तुत गर्न सकिएन ? ती पार्टीहरूले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ती कुरा ? कसैले नौबुँदे भन्दै छन् । नौबुँदे हो कि १५ बुँदे हो कि के थाहा हामीलाई  ! खै सही गरेको सहमतिपत्र ? हामी त्यो चाहन्छौँ । नेपाली जनता त्यो हेर्न चाहन्छन् । अनि, यो संशोधन गर्ने हो भने केमा संशोधन गर्ने ? यो संविधान संविधानसभाले बनाएको हो, कसैको निगाहले बनाइएको होइन । दुईवटा पार्टीले मात्रै बनाएको पनि होइन । संविधानसभाले बनाएको हो । र, संविधानसभाको म्यान्डेटलाई अभिव्यक्ति नगर्ने कुनै पनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन । संविधान संशोधन यस्तो खेलाँची गट्टी खेल होइन । दुईवटा पार्टीले आफ्नो सत्तास्वार्थका लागि यस्तो गट्टी खेल गर्नुहुन्छ ? होइन त्यस्तो कुरा । त्यसकारणले हामी त्यो कुरालाई मान्दैनौँ । त्यसमाथि भनिन्छ के भन्दाखेरि यो समानुपातिकचाहिँ समाप्त गर्ने रे ! साँँच्चै हो यो ? आउनुपर्‍यो । साँच्चै हो भने यो दुईवटा पार्टीको अधिनायकत्वको विरुद्ध अब मेचीदेखि महाकालीबाट संग्राम सुरु हुन्छ, हेर्नुस् । यो सानासाना विभिन्न समूह, जाति, समूह, क्षेत्र आदिलाई प्रतिनिधित्व गराउनका लागि हामीेले ल्याएको यो समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीले कमजोर, साना, पिछडिएका समूहरूको हितलाई प्रतिनिधित्व गरिरहेको छ । त्यसकारण यो लोकतन्त्रको पनि बडो मार्मिक कुरा हो । यो त पुँजीपतिहरूले एउटा अपोजिसन, एउटा सत्ता चाहन्छ । यही चरित्रको आधारमा पुँजीवादलाई बचाउन खोजिएको छ । अब समाजवादले त्यो कुरालाई सहन गर्दैन । समाजवादले अब त्यस्तो कुरालाई मान्दैन । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro