site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य क्षेत्रको विकासमा सरकार गम्भीर : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू सबैको सहकार्यमा अघि बढ्ने बताएका छन् । वीर अस्पतालको १३५औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको उल्लेख गरे ।

उनले स्वास्थ्य संस्थाको विकासका निम्ति आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको बताए । स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ थियो ।

उनले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै उनले दुवैलाई सहज रूपमा अघि बढाउने गरी मन्त्रालयले सहजीकरण गर्ने उल्लेख गरे ।

उनले वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गरे । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro