site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीगण्डकी करिडोर चार दिनदेखि बन्द
प्रतीकात्मक तस्बिर ।

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङखण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर बन्द भएको हो ।

पटक–पटक अवरुद्ध सडक दुई सातापछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैदेखि सडक पुनः अवरुद्ध भएको हो ।

वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले खुलाउन समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडक समेत चार दिनदेखि अवरुद्ध छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रु पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro