site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ : प्रधानमन्त्री ओली
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक भएको मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् ।

शुक्रबार योजना आयोगका पदाधिकारीको शपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, "आज सार्वजनिक भएको मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको छ । यो समर्थन मिल्नु राम्रो कुरा हो । हामीले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने छ ।"

प्रधानमन्त्री ओलीले योजना आयोगका नवनियुक्तहरू पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बन्न आग्रह गरे ।

उनले देशको मनोबल कमजोर भएको बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर लैजानुपर्नेमा जोड दिए । उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजानुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro