site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्ध एयरको काउन्टरबाट प्लेन टिकट खरिद गर्दा आठ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यो छुट लिन ग्राहकहरूले कुमारी बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लैजानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जानकारी दिएको छ ।

कुमारी बैंकले ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro