site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीआरसी विधेयकमा तीन दलबीच जुट्यो सैद्धान्तिक सहमति 

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धि विधेयक (टीआरसी)माथि प्रमुख तीन राजनीतिक दलबीच सैद्धान्तिक सहमति जुटेको छ । संक्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकले सैद्धान्तिक सहमति भएको बताएको हो ।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीसँग संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताएका हुन् ।

उनले सोमबार सरोकारवालासँग छलफल गरेपछि यसलाई अन्तिमरुप दिने बताए । 

नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले भने, “हामी यो विषयलाई अन्तिम रुप दिँदैछौँ । फाइनल गर्न सोमबारसम्म केही राय लिन्छौँ । त्यसपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ ।” 

पीडितमैत्री सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने उनको भनाइ छ । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro