site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंककले डिजिटल मुद्राको डिजाइन तयार गर्ने
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंककले विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा यसको प्रारूप तयार गर्ने बताएको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकको डिजिटल मुद्राको प्रारूप तयार गर्ने बताएको हो ।

“केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा ‘होलसेल सीबीडीसी’को प्रारूप ‘डिजाइन क्यारेक्टरिक्टिस्ट’ तयार गर्ने कार्य अगाडि बढाइनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

यस्तै, भुक्तानीसम्बन्धी काम गर्ने संस्थाबाट गरिने कारोबारलाई थप पारदर्शी बनाइने राष्ट्र बैंकले जनाएको छ । सुशासन अभिवृद्धि गर्न यस्ता संस्थाका आधिकारिक प्रतिनिधिको कारोबारसम्बन्धी व्यवस्थामा पुनरवलोकन गरिने भएको छ ।

यस्तै, राष्ट्रिय भुक्तानी स्विच पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानी, समाशोधन र फर्स्योटसम्बन्धी कार्य गर्ने संस्थाहरू पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu