site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सौर्य एयर विमान दुर्घटना : मृतकका आफन्तले आज पनि शव बुझ्न पाउँदैनन् ? 
फाइल तस्बिर ।

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शव बुझ्ने पर्खाइमा उनीहरूका आफन्त छन् । 

सबै शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आफन्तहरू शव बुझ्ने पर्खिइरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सबैको डीएनए परीक्षणमार्फत पहिचान गरेर शव आफन्तलाई दिने तयारी गरेको छ ।  

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार सबै शव जलेर चिन्न नसकिने अवस्थामा छन् । उनीहरुको फिंगर प्रिन्ट, डेन्टल म्याचिङ आदिको माध्यमबाट पहिचान गर्नुपर्ने हुन्छ । 

Dabur Nepal
NIC Asia

सबै  मृतकको तथ्यांक संकलन गरी शव पहिचान गर्न करिब तीन दिन लाग्ने उनले बताएका थिए । तर थप समय लाग्ने बताइएको छ । 

डीएनए परीक्षण गर्नुपर्ने अवस्था आए दुई हप्तासम्म लाग्नसक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले बताएका छन् । 

उनका अनुसार बिहीबार अपराह्नसम्म १२ शवको परीक्षण सकिएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना छ ।

“शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीनवटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरूको डीएनए गर्नुपर्यो भने नतिजा आउन दुई हप्ता लाग्छ,” उनले भने, “परेन भने शुक्रबार बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि शनिबार आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ ।” 

यसैबीच, ज्यान गुमाएका व्यक्तिका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा विभिन्न माग राख्दै माग सम्बोधन नभएसम्म शव नबुझ्ने बताएका हुन् ।

मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षालगायत व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । 

बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले यस्ता माग अघि सारेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ दिएका थिए । 

परिवारले कम्पनीका सीईओले भेटेर आफूहरूसँग लिखित सम्झौता गर्नुपर्ने माग राखेका छन् ।

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी सौर्य एयरका प्राविधिकसहित १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको उपचार भइरहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro