site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अस्पतालले भन्यो– सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्य सामान्य छ
दुर्घटनापछि घाइते अवस्थामा क्याप्टेन मनीषरत्न शाक्यको उद्धार गर्दै सुरक्षाकर्मी । तस्बिर : नेपाल प्रहरी

काठमाडौं । विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

अस्पतालका निर्देशक प्राडा मीना थापाले एक विज्ञप्तिमार्फत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको जनाएकी छन् ।

Dabur Nepal
NIC Asia

बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ ।

शाक्यलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो । 

“क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य  छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ भाँच्चिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro