site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समितिका सभापति यादव र सांसद किराँतीबीच भनाभन (भिडियोसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीबीच भनाभन भएको छ । बिहीबार समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए ।

किराँतीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । उक्त विषयलाई रोकेर यादवले प्राविधिक कुरामा जान आग्रह गरे ।

सभापतिको आग्रहपछि किराँतीले एजेन्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।

सभापति यादव र सांसद किराँतीबीचको सवालजवाफ पढ्नोस्–
सांसद सुदन किराँती – हुन त सार्वभौमसत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँकेजुलुस भयो । देश आन्दोलित भयो । सार्वभौमसत्ता त्यति कमजोर छैन होला । तर, अहिले कसले हात हाल्ने, कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ ।

सभापति राजकिशोर यादव – माननीयज्यू, एकपटक समयको...

किराँती – के गर्नु, एजेन्डा राखिहाल्नुभयो, एजेन्डामा त बोलिसकौँ न ।

यादव – टेक्निकल कुरा राखौँ ।

किराँती – टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे !

किराँती – राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुनचाहिँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ म सक्दिनँ नि त । विषयमा नीतिकेन्द्रित भन्नु न सभापतिज्यू । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ, म त जान्दिनँ टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

यादव – यहाँ टेक्निकल विषयमा बहस हुने हो ।

किराँती – राजनीतिक मान्छेले के गर्छ त ?

यादव – ठिक छ, यहाँ विषयमा केन्द्रित होऊँ न ।

किराँती – केमा गर्दै छु त म !

यादव – तपाईं राजनीति...

किराँती – सभापतिज्यू, तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।

यादव – त्यही गरौँ न त । समय यहाँ कम छ । 

किराँती – एजेन्डा किन राख्नुभएको त ?

यादव – कुरा राख्नु त भयो नि, विषयमा अलिकति केन्द्रित होऊँ न ।

किराँती – म विषयभन्दा कसरी बाहिर गएँ ? तपाईंले पो बुझ्ने समस्या भयो त यो ।

यादव – माननीयज्यू, तपाईं अलिकति हद पार गर्दै हुनुहुन्छ, तपाईंले यहाँ...

किराँती – तपाईं यहाँ दोहोरो संवाद गरेर नष्ट गर्ने, धेरै एजेन्डा राख्ने ।

यादव – तपाईं यहाँ...

किराँती – एजेन्डामा हामी बोल्न नपाउने ? के हो यो !

यादव – तपाईंलाई...

किराँती – तपाईं हठी कि म हठी ?

यादव – म कुरै...

किराँती – फेरेर कुरा गर्नुहुन्छ ।

यादव – तपाईं समयलाई ध्यान दिनु ।

किराँती – सभापतिज्यू, कोर्डिनेसन गर्नुस् ।

यादव – होइन, समयलाई त ध्यान दिनु...

किराँती – तपाईंले नयाँ मन्त्री छ त किन यति चार/चारवटा गर्नुभयो त ?

यादव – किन गरिँदैन ?

किराँती – मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ?

यादव – विषयमा राख्नुस् न ।

किराँती – यत्रो पढ्नै थियो, अझै मैले छोट्ट्याउन खोजेको ।

यादव – विषयमा राख्नुस् न ।

किराँती – म त छोट्ट्याउँदै छु, विषयकेन्द्रित नभए के हो यो ? अरू माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यू, म बोलिनँ । तपाईंको पनि... टेप लाएर...

यादव – माननीय हरि उप्रेतीलाई...

सांसद हरि उप्रेती – कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइलटको, को–पाइलटको कारण कि गुगलको कारण ? यो विषय पहिला छुट्ट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।

किराँती – सभापतिज्यू, म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।

उप्रेती – कसैले पनि धम्क्याएको छैन, बसौँ माननीयज्यू ।

किराँती – म बस्दिनँ ।

उप्रेती – यति गम्भीर विषय छ, देशको स्थिति ।

किराँती (झर्किंदै) – गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्‍यो नि !

उप्रेती – राख्नुभयो त त्यत्रो...

किराँती – तपाईंले मलाई रुलिङ गर्ने कि उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?

सांसदहरू – बसौँ न माननीयज्यू ।

उप्रेती – राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।

किराँती – एजेन्डामा कुरा गर्न नदिने भए किन एजेन्डा राख्नुभयो ? म त छोट्ट्याउँदै थिएँ ।

सभापति यादव – यसलाई कन्टिन्यु गरौँ ।

किराँती – अरूलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने !

यादव – बसौँ बसौँ ।

किराँती – म थोडी इन्जिनियर पढेको हो ! म राजनीति गरेर आएको हो । तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् । तपाईं दाहिने झर्‍यो कि देब्रे झर्‍यो हेर्नुस् । कस्तो बोल्नु दिनु हुन्न !

यादव – हरि उप्रेतीज्यू बोल्नुस् ।

(न्युज एजेन्सी नेपाल)

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro