site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय सर्वोच्च अदालतको नयाँ फैसला– स्थानीय खनिजमा राज्यले कर लगाउन सक्छ

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले राज्यहरूलाई पनि स्थानीय खनिजमाथि कर लगाउने अधिकार भएको फैसला गरेको छ ।

खानीमा केन्द्रले मात्र कर लगाउन सक्ने यसअघि त्यहाँ माइनिङ कम्पनीहरूले दाबी गर्दै आएका थिए । तर, उडिसा र झारखण्डजस्ता राज्यले संविधानानुसार यो अधिकार राज्यको मात्र हुने जिकिर गर्दै आएका थिए । केन्द्र तथा विभिन्न माइनिङ कम्पनीले यसको विरोध गर्दैै खानीका निम्ति केवल केन्द्र सरकारले तय गरेको रोयल्टी मान्य हुने र राज्यलाई कर लगाउने अधिकार नभएको जनाउँदै आएका थिए ।

सन् १९८९ मा सात न्यायाधीशको इजलासले खानीमा लगाइने रोयल्टी नै एकखालको ट्याक्स भएको फैसला गरेको थियो । यसकारण राज्यसँग ट्याक्स लगाउने कुनै अधिकार नभएको त्यति बेलाको फैसला थियो ।

बिहीबार भारतको सर्वोच्च अदालतका नौ न्यायाधीशको इजलासमा आठजनाले राज्यले कर लगाउन सक्ने भन्दै उक्त फैसला उल्ट्याइएको छ । सर्वोच्चले राज्यका खनिज अधिकारीहरूसँग कर लगाउने विधायिकी शक्ति भएको फैसला गरेको छ । सर्वोच्चले रोयल्टी ट्याक्सको रूप पनि नभएको फैसला गरेको छ । एक न्यायाधीश बीबी नागरत्नाले भने उक्त फैसलामा असहमति जनाएका थिए । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro