site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई अनुबन्ध गरेको हो । अलिशाको यो डेब्यु फिचर फिल्म हो ।

जेठ २४ गतेबाट छायाकंन सुरु गरेर केही दिन अघि ओखलढुंगाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सकिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटबाट सुरु गरिएको छ । 

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ ।

सोसल–ड्रामा चलचित्रले गन्धर्व परिवारको कथा भन्नेछ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro