site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा एक वर्षमा १४९ देश पुगे नेपाली, सबैभन्दा बढीको रोजाइ यूएई र साउदी 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । रोजगारी खोज्दै एक वर्षको अवधिमा नेपाली विश्वका १४९ देशमा पुगेको पाइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा उनीहरू श्रम स्वीकृति लिएर ती देशमा पुगेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

गत आर्थिक वर्ष अर्थात् ०८० साउन १ देखि ०८१ असार मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिएर सात लाख ४१ हजार २९७ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आर्थिक वर्ष रोजगारीका निम्ति नेपाली एसिया, अस्ट्रेलिया, अफ्रिका, युरोप, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका धेरैजसो देशमा पुगेका छन् ।

संयुक्त राष्ट्रसंघमा हाल १९३ देश सदस्य छन् । तीमध्ये ७७.२० प्रतिशतमा नेपाली रोजगारीका निम्ति गत वर्ष पुगेका विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका मध्ये सबैभन्दा बढीको रोजाइमा युनाइटेड अरब इमिरेट्स (यूएई) परेको छ । यूएईमा सबैभन्दा बढी एक लाख ९३ हजार ४३८ जना गएका छन् । सबैभन्दा कम अल्जेरियालगायत १७ देशमा एक/एकजना मात्र गएका छन् ।

गत आर्थिक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका देशमा क्रमशः यूएई, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन, माल्दिभ्स, मौरिसस, साइप्रस, ओमन र माल्टा छन् ।

उक्त अवधिमा दोस्रो ठूलो संख्यामा नेपाली रोजगारीका लागि साउदी अरेबिया गएका छन् । साउदी अरेबियामा एक लाख ४१ हजार ५०२ नेपाली गएका हुन् ।

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा एक लाख ३४ हजार ६६९, मलेसियामा एक लाख तीन हजार ४४२, कुवेतमा ४० हजार ३६८, क्रोएसियामा १५ हजार ३६४, रोमानियामा १५ हजार २१, जापानमा १३ हजार ८६४ र दक्षिण कोरियामा १३ हजार २६ नेपाली गएका छन् ।

बहराइनमा नौ हजार ८०६, माल्दिभ्समा सात हजार ४५५, मौरिससमा सात हजार ४०८, साइप्रसमा ६ हजार ९५०, ओमनमा पाँच हजार ९१० र माल्टामा पाँच हजार ६६८ नेपाली रोजगारीका निम्ति श्रम स्वीकृति लिएर गएका विभागको तथ्यांकले देखाउँछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro