अर्थ व्यवसाय

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति मार्की खेलाडी र कप्तानसहित सात खेलाडीलाई रिटेन गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आशिफ शेख र कप्तान अनिलकुमार साहसहित सात खेलाडीलाई रिटेन गरेको जनाएको हो ।
रिटेन हुने खेलाडीमा आशिफ र अनिलसँगै ललित राजवंशी, रूपेश सिंह, किशोर महतो, तुलबहादुर मगर र शुभ कंशाकार छन् ।
जनकपुर प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियनसमेत हो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको दोस्रो संस्करण आगामी सेप्टेम्बरमा गर्ने जनाए पनि मिति सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १६:२३
प्रतिक्रिया दिनुहोस्