site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ११ हजारको परीक्षण गर्दा ६२१ विद्यार्थीकाे नतिजा परिवर्तन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ११ हजार ४२६ विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको अंक पुनर्योग गरेको छ । उक्त संख्यामा पुनर्योग (रि–टोटलिङ) गर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । 

नन् ग्रेडेड भएका उनीहरू १.६ देखि ४ जीपीएसम्म  ल्याएर उत्तीर्ण भएका छन् । पुनर्योगका निम्ति १८ हजार ६१२ जनाको अनलाइन आवेदन परेको थियो । तिमध्ये बोर्डले बुधाबारसम्म ११ हजार ४२६ जनाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पुनर्योगका निम्ति आवेदन दिएकामध्ये ५ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन भएको पौडेलले बताए । 

पुनर्योगका क्रममा उत्तरपुस्तिकामा अंक जोड्न, उत्तर जाँच गर्न, कम्प्युटरमा इन्ट्री गर्न, मार्कसिटमा राख्नलगायत  प्रक्रियामा अंक छुटेको उनको भनाइ छ ।  

Royal Enfield Island Ad

विसं. २०८० को एसईईमा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ नन ग्रेडेड भएका थिए । 

नन ग्रेडेड भएका सबै विद्यार्थीका निम्ति साउन २३ गतेदेखि बोर्डले मौका परीक्षा सञ्चालन गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro