site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार गृहमन्त्रालयमा भेट्न पुगेकी मुकेशकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले लोकतन्त्रिक गणतन्त्र स्थापनामा कायस्थको योगदान रहेको बताए । "राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु," लेखकले भने ।

दोस्रो जनआन्दोलन (२०६२–६३)का घाइते कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते उनलाई सहिद घोषणा पनि गरेको थियो । तर, राज्यबाट सहिद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ ।

गृहमन्त्री लेखकसँगको भेटमा उनले भनिन्, "बाबु सहिद भएपछि राज्यबाट पाउनुपर्ने सुविधा पाएको छैन । राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुप‍र्‍यो ।"
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro