site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुलकोट र हलेसीमा पौवाका रिसोर्ट सञ्चालनमा
SkywellSkywell

काठमाडौ । नेपालमा पूर्ण रूपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटेल पौवा प्रालिले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोसी किनारमा अवस्थित मुलकोटमा पौवा होटेल सुरु गरेको छ । देशभर पौवालाई विस्तार गरिएको पौवा ग्रुपले १४औँ शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोसी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो ।

यस्तै, खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो । नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पु¥याउनका लागि मिसन १०० को योजनासहित अगाडि बढेको होटेल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो । 

KFC Island Ad
NIC Asia

होटेल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार आठ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटेलमा लगानी गरिएको हो । काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको उनको भनाइ छ ।

“खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरूको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरूलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौँ । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ,” उनले भने ।  

विश्व शान्तिका दुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट होटेल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिंगे दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको हो ।

पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको बताइएको छ । एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिसन १००’ योजना बनाएको होटेल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटेलको रूपमा फैलिँदै गएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro