site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रदेश सरकार भन्छ– ब्लुबुक क्यूआर परीक्षणमै छ, साउनसम्म कार्यान्वयन हुन्छ

काठमाडौं । वाग्मती प्रदेश सरकारले क्यूआर ब्लुबुक प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नरहेको जनाएको छ । परीक्षणको प्रक्रिया जारी रहेको र क्यूआर लिएकाले पनि ब्लुबुक बोकर हिँड्नुपर्ने प्रदेश सरकारले जनाएको छ ।

“अहिले हाम्रो परीक्षण भइरहेको छ । त्यसकारण क्यूआरसँगै ब्लुबुकको हार्डकपी पनि बोकेर हिँड्नुपर्छ,” वाग्मतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले बाह्रखरीसित भने, “साउनसम्ममा परीक्षण सकेर नागरिक एपमा पनि राख्ने तयारीमा छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरी ब्लुबुक क्यूआर प्रणालीको विषयमा थाहा नभएको बताउँछन् । “अहिलेसम्म हामीलाई जानकारीमा आएको छैन । कारबाही गर्दा ब्लुबुकको हार्डकपी नै राख्ने गरेका छौँ,” उनले भने, “सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को हकमा भने नागरिक एपको स्क्यानबाट कारबाही गछौँ । यदि, सरकारले त्यस्तो कुनै सिस्टम बनाएको रहेछ भने त्यो हामीले कार्यान्वयनमा ल्याउनैपर्छ ।”

गएको वैशाखदेखि वाग्मती सरकारले ब्लुबुक क्यूआर प्रणाली सञ्चालनमा ल्याएको हाो । यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ब्लुबुक बोक्ने झन्झटको अन्त्य हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्