site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । बुटवल पावर कम्पनी गोल्ड अर्वाडबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले ‘नेशनल वेष्ट प्रिजेन्टेड एनुअल रिर्पोट अर्वाड २०२३’ मा प्रदान गर्ने विभिन्न विधाहरूमध्ये ‘पावर अफ इनर्जी’ क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड ‘गोल्ड अर्वाड’ बाट सम्मानित भएको हो ।

आईक्यानले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको श्रेष्ठले बताए । कम्पनीको परिस्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

बुटवल पावर कम्पनी ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका दुई वटा जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६३ हजार ग्राहकहरूलाई विद्युत् वितरण गरी आएको छ । हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा चार मेगावाटको खुदी जलविद्युत् आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।

निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्र्व निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिनस्थित करिव ६ सय मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाहरू कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना निर्माण गर्ने योजना रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्