देश
काठमाडौं । स्वास्थ्य सेवा विभागले कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका लागि स्वास्थ्य सामग्री पठाएको छ ।
भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशीका अनुसार संघीय स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य सेवा विभागले करिब एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।
पछिल्लो सयम कञ्चनपुरमा परेको अविरल वर्षाका कारण डुबानमा परेको र केही स्थानीय विस्थापित भएका थिए । उनीहरूलाई स्वास्थ्य समास्या हुन सक्ने भन्दै सरकारले स्वास्थ्य सामग्री पठाएको हो ।
स्वास्थ्य विभागले उपलब्ध गराएको स्वास्थ्य सामग्री आफूले बुझेको र केही दिनभित्र महाकाली अस्पताल पुग्ने उपमेयर जोशीले बताइन् ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १५:४६
प्रतिक्रिया दिनुहोस्