site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समिति बैठकमा उपसभामुखको पत्रका विषयमा छलफल गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले उपसभामुख इन्दिरा राना मगरको पत्रका विषयमा छलफल गर्न माग गरेका छन् । बुधबार सिंहदरबारमा जारी राज्यव्यवस्था तथा शुसासन समितिको बैठकमा संवेदनशील विषय भन्दै छलफलको माग गरेका हुन् । 

“उपसभामुखसँग जोडिएको नेपाली व्यक्ति अमेरिका पठाउन पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएको छ । समितिमा उजुरी आएको कुरा छ,” उनले भने, “यो विषय समितिमा जानकारी आओस् र आवश्यक छलफल होस् । यो संवेदनशील विषय हो ।”

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उपसभामुख मगरले संसद्को लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएकी छन् । उनले उपसभामुखमा इमान्दारिता नदेखिएको बताइन् ।  

“एकजना मान्छे चिनेको छु, साइकल चलाउने साथी भन्नुभयो । लेटर हेड दुरूपयोग गर्न हुँदैन थियो । तर भयो,” उनले भनिन्, “उहाँले एकजना सहयोगी र चारजना चिन्दिन भन्नुभयो । सहयोगी पनि रहेनछ । संस्थामा काम गर्ने व्यक्ति भन्नुभयो, त्यो पनि हैन रहेछ ।”

उपसभामुखको पार्टीमा नै उजुरी परेको भन्दै उनले भनिन्, “उहाँकै पूर्वमहामन्त्रीले फेसबुकमा लेख्जुभएको छ । नौ लाखको लेनदेन कारोबारको उजुरी परेर सामसुम भयो भन्नेछ ।” 

यसबारे छानबिन हुनुपर्ने न्यौपानेको माग छ । विश्वमा नेपालको उपसभामुख मानव बेचखिनमा संलग्न छन् आरोप नआओस् भन्दै उनले भनिन्, “उहाँको छानबिन हुनुपर्छ । दोषी हो वा होइन निर्दोष छुट्याउनु पर्छ ।” 

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जान उपसभामुख रानाले पाँचजनाका लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । 

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तिमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै पत्र लेखिकी थिइन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro