site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुखविरुद्ध राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी
फाइल तस्बिर ।

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । 

भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुखलाई हटाउन माग गर्दै उजुरी दिएका हुन् । “उपरोक्त सम्बन्धमा माननीय उप–सभामुख इन्दिरा रानाले ई.सं.२६/०२/२०२३ मा संसद् सचिवालय र आफ्नो पदको दूरुपयोग गरी अमेरिकी  राजदूतावासमा पदीय मर्यादाविपरीत गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्र समेत संलग्न गरी उप–सभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन निवेदन चढाएको छु,” निवदेनमा भनिएको छ ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ । २६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्र्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिकी थिइन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro