site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विचौलियाहरूको पहलमा नयाँ गठबन्धन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् । 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाको पक्षमा काम गर्दा सरकार ढालेको बताएका हुन् । 

प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए । उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गरे । विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ । 

उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरूको मुख्य लक्ष्य रहेको स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro