site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीका मुख्यमन्त्री लामाको शपथ आज, कुन पार्टीबाट कति हुँदैछन् मन्त्री ? 
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् । 

नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन् ।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मंगलबार ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro