site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई टिस्टुङ रिसोर्टमा विशेष छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई टिस्टुङमा अवस्थित टिस्टुङ्ग रिसोर्टका विभिन्न सेवामा छुट मिल्ने भएको छ । यसका लागि दुवै पक्षले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन एवं प्रभु बैंकका तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सबै सेवा सुविधामा विशेष छुट पाउने बैंकले जनाएको छ ।

मकवानपुरको उत्तरी भेगमा अवस्थित रिसोर्ट काठमाडौं उपत्यकाबाट दणिक्ष पश्चिमको भागसँग जोडिएको शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातिहरूको बसोबास रहेको यो स्थान समुद्री सतहबाट एकहजार ७०३ मिटर उचाइँमा रहेको छ ।

इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दीर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तव्यस्थल र कृषि पेसा यहाँको विशेषता भएको रिसोर्टले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्