site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमाले सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला  

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेपाल प्रेय युनियनले बीपी जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएर पनि असफल हुने छुट नरहेको बताए । 

“यसपटक सरकारलाई कमजोरी गरेर असफल हुने छुट छैन,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ बसेपछि राष्ट्रका आवश्यकता पूरा गर्न र जनताका निराशा चिर्न पनि सफल हुनुपर्छ ।” 

Dabur Nepal
NIC Asia

उनले दुई ठूला दल एक ठाउँ हुँदा निरंकुशता आउँछ कि भन्ने चिन्ता स्वभाविक भएको भन्दै त्यसका लागि आफूहरू सदनमा आवाज उठाउने र नागरिक समाजले पनि खबरदारी जारी राख्नुपर्ने बताए । “हाम्रै पार्टी सहभागी  भएको भन्दैमा सरकारका गलत कामलाई ठीक भनेर हिँड्न सक्दैनौँ,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ उभिदा निरंकुशताको चिन्ता देखिँदैछ । हामीहरू संसद्मा आवाज उठाउँछौँ, बाहिर प्रेस युनियनजस्ता नागरिक संस्थाले आवाज उठाइदिनुस् ।” 

पहिलेदेखि नै संविधान संशोधनका लागि कांग्रेस–एमाले सहकार्यको प्रस्ताव राख्दै आएका डा. कोइरालाले यसपटक संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्ने बताए । उनले संविधान संशोधनको विषय आउनासाथ समानुपातिक समावेशी समाप्त हुन्छ भन्ने चिन्ता जाहेर हुन थालेको भन्दै त्यसलाई समेत आश्वस्त पारेर संविधानका कमीकमजोरी हटाउनुपर्ने बताए ।

“यो संविधानअनुसार चुनाव भयो, चुनावपछि एमाले–माओवादीले सरकार बनाए, फेरि कांग्रेस–माओवादीको सरकार भयो र पुनः एमाले माओवादीकै सरकार बन्यो,” डा. कोइरालाले भने, “प्रधानमन्त्री उही तर नीति पटक–पटक फेरियो, यसरी नीतिगत स्थिरता कसरी हुनसक्छ ?” 

कोइरालाले संविधानमा यस्ता कमीकमजोरी हटाउन संशोधन आवश्यक भएको बताए । “संविधानको समानुपातिक समावेशी चरित्र पनि कायम रहनेगरी अस्थिरता अन्त्यको बाटो संशोधनमार्फत खोजिनुपर्छ,” कोइरालाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro