site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहरमा एकै किसिमको ठेगाना प्रणाली लागु गर्न सांसदको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले देशभित्र सहरमा एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले ठेगाना प्रणाली व्यस्थित नहुँदा समस्या परेको बताए ।

ललितपुर र काठमाडौंमा यसअघि त्यस्तो प्रयास गरिए पनि व्यवस्थित हुन नसकेको उनले उल्लेख गरे । “देशका प्रमुख सहरहरूमा एकै किसिमको ठेगाना प्रणाली आइडेन्टीफाई गरेर लागु गरौँ,” उनले भने, “अहिलेसम्म उपयोग गरेका ठेगाना प्रणाली उपयुक्त छैनन् भने भूगोलका लागि उपयुक्त ठेगाना प्रणाली अनुसन्धान गरेर लागु गरौँ ।”

सांसद पराजुलीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास वरिपरिकाले आफ्नो ठेगाना कसरी बताउने ?’ भन्दै प्रश्न गरे । ‘आवश्यक पर्दा नागरिककहाँ एम्बुलेन्स र दमकल कसरी जाने ?’ भन्दै उनले थप प्रश्न सोधे ।

“एउटा नागरिकको घरमा बिरामी पर्दा एम्बुलेन्स कहाँ पठाउने ? एउटा घरमा दमकल आवश्यक पर्‍यो, कहाँ पठाउने ? सुरक्षाकर्मी आवश्यक पर्‍यो, कहाँ पठाउने ? न्यूनतम आवश्यकता मध्यनजर गरेर यही आर्थिक वर्षभित्र भूगोललाई सुहाउँदो ठेगाना प्रणाली लागु गर्न अनुरोध गर्दछु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro