site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबैभन्दा बढी आयात वीरगन्ज भन्सारबाट
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा आयात गरिने वस्तुमा सबैभन्दा बढी वीरगन्ज भन्सारबाट भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकानुसार आयातको कुल हिस्सामध्ये ३४.३० प्रतिशत वीरगन्ज भन्सारले ओगटेको छ ।

गएको आर्थिक वर्षमा कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको भएको थियो । त्यसमध्ये वीरगन्ज भन्सारबाट पाँच खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँको आयात भएको छ ।

भैरहवा भन्सारबाट दुई खर्ब ४२ अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ । सुक्खा बन्दरगाहबाट दुई खर्ब तीन अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ । विराटनगर भन्सारबाट एक खर्ब ६८ अर्ब २९ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

Dabur Nepal
NIC Asia

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयबाट एक खर्ब ४५ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भने टीआईए भन्सार कार्यालयबाट भएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त भन्सारबाट एक वर्षमा कुलको २२.५४ प्रतिशत निर्यात भएको छ ।

विभागका अनुसार, गत वर्ष एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । त्यस अवधिमा टीआईए भन्सारबाट मात्र ३४ अर्ब ३५ करोड चार लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै, विराटनगर भन्सारबाट ३१ अर्ब १४ करोड २५ लाख रुपैयाँको निर्यात भएको छ । वीरगन्ज भन्सारबाट ३१ अर्ब १३ करोड २२ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रि भन्सार कार्यालयबाट आठ लाख ८४ हजार रुपैयाँको आयात भएको छ । उक्त भन्सारबाट निर्यात भएको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट २७ करोड ७४ लाख रुपैयाँको आयात भएको छ । त्यहाँबाट पनि निर्यात शून्य छ । पोखरा र गौतमबुद्धसहित १० भन्सार कार्यालयबाट निर्यात शून्य छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro