site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसंघको आह्वान
फाइल तस्बिर ।

संयुक्त राष्ट्र । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गरेका छन् । 

"मानव बेचबिखन एउटा डरलाग्दो अपराध हो । यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवसमा हामीमध्ये सबैभन्दा कमजोर–बालबालिकाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरौँ," गुटेरेसले भने ।  

मानव बेचबिखनका पीडितमध्ये एकतिहाइ बालबालिकाहरू रहेका छन् । उ"नीहरूले श्रम शोषण, दुलहीको रूपमा बेचिने, सिपाहीको रूपमा भर्ती हुने वा आपराधिक गतिविधिमा संलग्न हुन बाध्य पारिने जस्ता अकथनीय दुर्व्यवहार भोग्दै आएका छन्," उनले भने ।

बढ्दो असमानता र भूमण्डलीकरणले जटिल तस्करीको सञ्जाललाई बढावा दिएको छ जसले परम्परागत कानुनी ढाँचालाई चुनौती दिन्छ र दासत्वका नयाँ रूप सिर्जना गर्दछ ।  

संयुक्त राष्ट्रसंघका प्रमुखले औंल्याउँदै भने,  "अनलाइन सञ्जालका कारण पनि बालबालिकाहरू यौन शोषण र लैंगिक हिंसाको सिकार भइरहेका र यसले तस्करी गर्ने दलालहरुलाई सीमापारबाट पीडितहरूको शोषण गर्ने माध्यम दिएको छ ।"

यस्ता अपराधका शारीरिक र मनोवैज्ञानिक चोटहरू लामो समयसम्म रहिरहँदा उनीहरूको निर्दोषता, भविष्य र मौलिक हक लुटिएको उल्लेख गर्दै गुटेरेसले भने, "हामीले बाल–संवेदनशील न्याय संयन्त्र निर्माण गर्ने, चेतना जगाउने, पीडित व्यक्तिहरूको हेरचाह गर्ने र कमजोर परिवारहरूलाई सहयोग गरेर शोषणका मूल कारणलाई निर्मुल गर्ने सुरक्षा प्रतिक्रियालाई बलियो बनाउनुपर्छ।"

संयुक्त राष्ट्रसंघका प्रमुखले कुनै पनि बच्चा पीडित नहोस् र कुनै पनि तस्करी कानुनको दायराबाट उम्किन नपाओस भन्दै सरकार, नागरिक समाज र प्राविधिक कम्पनीहरूसहित निजी क्षेत्रलाई आफ्ना प्रयास र सहकार्यलाई तीव्र बनाउन आह्वान गरे ।

“आजको दिनमा हरेक बालबालिकाको सुरक्षित र स्वतन्त्र भविष्यका लागि हाम्रो प्रतिबद्धता व्यक्त गरौँ," उनले भने । रासस/ सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro