site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अमेरिकामा विमलको नयाँ नाटक ‘हिटलर आउँदैछ’ 
SkywellSkywell

काठमाडौं । विमल सुवेदीको नाटक ‘हिटलर आउँदैछ’ अमेरिकामा मञ्चन हुने भएको छ । यही नाटकबाट अभिनेत्री वर्षा राउतले रङ्गमञ्चमा डेब्यु गर्ने भएकी छिन् । विमलको निर्देशन रहने नाटक निर्देशक स्वयं र जोयश पाण्डेले लेखेका हुन् । 

वर्षासँगै जोयस पाण्डेको पनि मुख्य भूमिका रहने नाटक ‘हिटलर आउँदैछ’ को मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यक्तिहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नाटकको बारेमा जानकारी दिइएको थियो । 

Dabur Nepal
NIC Asia

कार्यक्रममा आतिथ्यता ग्रहण गर्न उपस्थित तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन् । यसैगरी भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए । 

कार्यक्रममा विमल सुवेदीले अमेरिकामा नाटक गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए । उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरूको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको बताए ।
 
नाटक ‘हिटलर आउँदैछ’ले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए । 

“म हाम्रो कला साहित्यलाई विश्वबजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायति हुँ । यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ,” उनले भने, “यही क्रमको निरन्तरताको रूपमा अमेरिकामा नाटक गर्न पाउनुलाई  हामीले अवसरको रुपमा लिएका छौँ । यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौँ ।” 

उनले आफूसँग २० भन्दा बढी देशमा नाटक मञ्चनको अनुभव रहेको बताए । 

नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा टेक्निकल विशेषज्ञहरू जोडिएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu