site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘आउट लः दफा २१९’को एक्सनप्रधान टिजर सार्वजनिक
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आउट लः दफा २१९’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ । एक्सन र सस्पेन्स पर्याप्त देखिएको ‘आउट लः दफा २१९’को टिजरमा अधिकांश समय सुशील श्रेष्ठले अकुपाई गरेका छन् । 

असोज ३ गतेबाट रिलिज हुने चलचित्रको सार्वजनिक टिजरमा देखिएको सुशीलको एंग्री लुक्स र एक्सनले चलचित्र एक्सनप्रधान रहेको संकेत गरेको छ ।

Dabur Nepal
NIC Asia

विक्की महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा यो नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।

अमित अग्रहरि निर्माता रहेको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता छन् । विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
नवीन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu