site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित  

काठमाडौं । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।  

यो चलचित्रमा खगेन्द्र लामिछाने यसअघि नै अनुबन्धित भइसकेका छन् । निश्चलको प्रवेशसँगै चलचित्रको लाइनअप बलियो बन्ने देखिएको छ । 

चलचित्रका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुवन्ध गर्न बाँकी रहेको निर्देशक खनालले जानकारी दिए । 

चलचित्र साउनको २५ गतेबाट छायांकनमा जानेछ । चलचित्रको कथा लेखक बुद्धिसागरले लेखेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।

चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro