site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका नदीमा जलसतह सतर्कता तहभन्दा माथि  
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ । गएरातिदेखिको वर्षाका कारण काठमाडौंका नदीमा जलसतह बढेको छ । 

वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार काठमाडौं उपत्यकाको  सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ । 

वाग्मती, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह सतर्कता तह आसपास रहेको छ । नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

विभागले सिन्धुपाल्चोकको भोटाङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर, दुवाचौर र आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको बताएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro