site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
को हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री आचार्य ?
SkywellSkywell

अर्घाखाँची । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका चेतनारायण आचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नम्बर ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नम्बर ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिएका हुन् ।

चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा संगठित भएका हुन् । उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिस्ट पार्टीको संस्थापक नै भएकाले उनी बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आबद्ध भएका हुन् । 

Dabur Nepal
NIC Asia

विसं २०४० मा अनेरास्ववियु जिल्ला कमिटी, अर्घाखाँचीको सदस्यमा निर्वाचित भएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनका क्रममा बुटवल गए । त्यहाँ अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष र जिल्ला कमिटी सदस्य भए । अर्घाखाँची फर्कीएपछि उनी २०४६ सालमा इलाका कमिटी सदस्य, उपसचिव, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यका रूपमा ७ वर्ष काम गरे।

विसं २०५४ को पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित भए‍ । विसं २०५४ पछि चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखका रूपमा काम गरे । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट पराजित आचार्य विसं २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिए । विसं २०६९ मा भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित आचार्यले नौ वर्ष पार्टीको जिल्ला प्रमुखको रूपमा काम गरे ।

विसं २०७४ का भएको प्रदेशसभा सदस्य निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्यले आन्तरिक मामिला तथा कानुनमन्त्रीको कार्यभार सम्हाले । विसं २०७८ मा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँचीको सहइन्चार्जको जिम्मेवारीमा रहे । 

विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्य एमाले संसदीय दलको उपनेता भए‍ । उनले यसअघि सहरी विकास तथा खानेपानी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहेका छन् । विभिन्न आन्दोलनमा जेल जीवनसमेत भोगेका आचार्यले क्यान्सरलाई जितेर पार्टी काममा क्रियाशील भए‍ । 

पार्टी संगठनको काममा निरन्तर क्रियाशील कुशल संगठन आचार्य पार्टी कार्यकर्ताबीच लोकप्रिय र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनका एक दाजु, दुई भाइ, दुई दिदी र एक बहिनी छन् । आचार्यको जीवनसंगिनी दिपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यका रूपमा क्रियाशील छिन् । उनका एक छोरा र एक छोरी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu