site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संसदीय दलका नेता लीला गिरीलाई पन्छाउँदै एमालेले उपनेतालाई मुख्यमन्त्री अघि सारेको थियो । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

Lumbini-1721649470.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro